काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।
नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो ।
यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए। आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।