दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् असार २० गते बुधवारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० असार २० गते बुधबार इश्वी सन् २०२३ जूलाई ५ तारीख श्रावण कृष्ण पक्ष द्वितीया तिथि उत्तराषाढा नक्षत्र वैधृती योग गर करण चन्द्रमा मकर राशिमा राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परीश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ । सामाजिक क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ । सभासम्मेलन जस्ता क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेन छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अप्जस सहनुपर्ला । परिवारको मार्ग दशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसँगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्याताले गर्दा गरिरहेका काममा अपजस सहनुपर्ला । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानशीक चन्चलताले सताउँन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्ने छ । बोलीको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ, विशेष ध्यान दिनुहोला । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । शुभ चिन्तकहरूको संख्यामा बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारका क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परीश्रम गर्नु पर्न सक्छ । बौद्धिक विकासले तपाईँको मान सम्मानमा बृद्धि गर्नेछ । आफुभन्दा सानाको सहयोगमा गरिएका कार्यहरु सफल रहने छन् । बौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य कठिनाइ पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमन्डका कारण दाजु भाइबीचकाे सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट शाहसको कमीले कार्यमा ब्यबधान आउँला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउँने छ । सामान्य वादविवादको चक्कर काट्नु पर्नेछ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । मनमा आँट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नुपर्ला । जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको संख्यामा बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला । मनोविलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्राे हुन सक्ला । आफ्नाे प्रिय ब्यक्तिसँगको वियोगले मन निरुत्साहित रहला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा फाइदामूलक हुनसक्ने सम्भाबना रहेको छ । आयआर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ । आम्दानी बृद्धिका लागि विद्वत ब्यक्तित्वहरुको मार्गदर्शन अवलम्बन गर्नु लाभदायक रहला । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *