दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् असार १८ गते सोमबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० असार १८ गते सोमबार इश्वी सन् २०२३ जूलाई ३ तारीख आषाढ शुक्ल पक्ष पूर्णिमा तिथि मूल नक्षत्र ब्रह्मा योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्ब योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु पूर्णिमाव्रत, दिल्लापुन्हि, गुरु पूर्णिमा दक्षिणा मूर्ति पूजा, गुरुव्यास पूजा जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ । अचल सम्पत्तिमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी मध्यम रहेता पनि बोलीका कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरे कै बेश हुनेछ । दाजुभाइ बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रमा सामान्य झन्झट ब्यहाेर्नुपर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीको सहयोगमा गरिएको व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलीको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पुर्ण हुने छन् । बोलीको प्रभावका कारण मान्यजनको साथ पाइनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनुपर्ने देखिन्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकको संख्यामा बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारका क्षेत्रमा समय र धन खर्चनुपर्ने समय रहेको छ । अरुको पुर्ण विश्वास गर्नाले तपाईँलाई आघात दिलाउँला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफुभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्ग दर्शन बन्नेछ । मातृपक्षको स्वास्थ्यमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आइपर्ने छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कठिनाइ पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला । कार्य क्षेत्रमा लगाइएको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरिरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नुपर्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँट र शाहसको कमीले कार्यमा ब्यवधान आउँला । प्रतिपक्षी  सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ । हतासमा गरिएका कार्यले झन्झट दिलाउँला । पारिवारिक सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा हुन सक्छ । भोग विलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउँने छ ।सन्तानसम्बन्धि समस्याले सताउँला । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दम्पतीबीच सामान्य मनमुटाव रहला । वाणि तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउँने छ । जिद्दी स्वभाव तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ । व्यापार व्यवसायमा समय खर्चिदाँ उत्तम रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नाे प्रिय व्यक्तिसँगको बियोगले मन निरुत्साहित रहला । अन्य व्यक्तिको विश्वास गर्ने बानीमा सुधार ल्याउनुपर्ने छ । लापरबाहीका कारण धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोविलाशीताका सामान खरीदकाे योग रहेको छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी बृद्धिका लागि विद्वत व्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभदायक रहला । मित्रजनको सहयोगका कारण मन प्रशन्न रहला । बोलीको कारण साथी भाइ टाढिन सक्छन् । आय र आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यसम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने छ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । व्यापार व्यवसायका लागि राम्राे समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *