चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यको संख्या ९ करोड ८४ लाख पुग्यो

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन्  ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा  चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना  दिवसको पूर्व सन्ध्यामा  सो जानकारी दिइएको हो ।  तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको  पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *