दक्षिणकाली माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् असार १४ गते बिहीबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० असार १४ गते बिहीबार इश्वी सन् २०२३ जुन २९ तारीख आषाढ शुक्ल पक्ष एकादशी तिथि । स्वाती नक्षत्र सिद्ध योग वणिज करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा स्थिर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु हरिशयनी एकादशीव्रत, तुलसीरोप्ने, चातुर्मासव्रत शुरु बकर इद (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनीको सम्भावना रहेको छ । सभा सम्मेलनजस्ता कार्यमा सामान्य मान सम्मान प्राप्तिको सम्भावना रहेको छ । जीवन साथीको साथ सहयोगद्वारा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनमा सामान्य खर्च बढ्न सक्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धाजन्य कार्यमा विशेष सजग रहनुहोला । सामान्य आर्थिक अभावको सम्भाबना रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापुर्ण ब्यतित रहने छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानीका दीर्घकालिन स्राेतहरु फेला पर्नेछन् ।स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको अवसर समेत प्राप्त हुनेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरूको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउँन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बल तथा पराक्रममा बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । गरिरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको संख्यामा बृद्धि हुनेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरूले प्राप्त गर्नेछन् । शारीरिक आलस्यताले सताउँन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट सामान्य धोका हुन सक्नेछ । वाणिमा मधुरता छाउनाले प्रतिश्पर्धीहरू शुभ चिन्तक बन्नेछन् । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – र, रि, ?, रे, रो, ता, ति, तु, ते
गरिरहेको कार्यमा सामान्य ढिलाइ रहेता पनि कार्य सम्पादित भने रहने छ । पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । तात्कालीनरूपमा आर्थिक अभावको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भावना रहेको छ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान हुने छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । खानपानमा साबधानी अपनाउनु उत्तम रहने छ । मित्रजनहरूको साथसहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनहरूको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनुहोला । खानपानको क्षेत्रमा सजग रहनुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएको कार्य त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आइपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्नेछन् ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *