सरकारको विश्वास ५३ प्रतिशतमा झर्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ५३ प्रतिशतमा झरेको बताएका छन् । बुधबार बजेट पारित भएपछि संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशतमा झरेको बताएका हुन् ।

उनले भने, ‘पहिला सरकारमाथिको विश्वासमा ९९.९९ प्रतिशत थियो अहिले ५३ प्रतिशतमा झरेको छ ।’ बजेट पास गर्न नेकपा एमालेले मत विभाजन गर्न मागेपछि मत विभाजनका आधारमा बजेट पास भएको थियो । बजेटका पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *