श्री शाके १९४५ बि. स. २०८० असार १३ गते बुधबार इश्वी सन् २०२३ जुन २८ तारीख आषाढ शुक्ल पक्ष दशमी तिथि चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र शिव योग तैतिल करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा काल योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मन्वादि (ज्यो.प. सरोज घिमिरे)
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानीमा सजग रहनुहोला । पारिवारिक झोर झमेलाले सताउँने छ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाइ हुन सक्ने छ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको साथ सहयोगमा गरिएका कार्य भने सफल रहलान् । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी आउने छ । शारीरिक आलस्यताले कार्य ढिलाइ हुन सक्छ । अरुको विश्वासमा गरिएका कार्यहरुमा सामान्य झन्झट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भावना रहन सक्ने छ ।
मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक झोर झमेलाले सताउँन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानीका क्षेत्र भने मध्यम रहेका छन् । भोग विलासताका क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउँने छ ।
कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परीश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा विशेष ध्यान दिनुहोला । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् ।
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको साथ सहयोग भरपुर रहने छ । मानशीक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नुपर्ला । व्यापार व्यवसायका क्षेत्र भने राम्रा रहेका छन् । सामान्य यात्रा हुनसक्ने सम्भावना रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ ।
कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतका कारण मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थ्यमा सामान्य बाधा आउन सक्छ । बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन्, सजग रहनुहोला । दीर्घकालिन फाइदा मुलक काममा लगानी लगाउने राम्रो समय रहेको छ, तर तत्कालिक आर्थिक अभाबव झेल्नुपर्ला ।
तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
साधारण चोट पटक लाग्न सक्ने सम्भावना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आँटको कमि रहला । व्यापार व्यवसायका माध्यमबाट आम्दानीका स्राेत सुदृढ बन्ने छन् । साझेदारीका काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलनजन्य कार्य सहभागीताकाे अवसर मिल्नेछ ।
बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरुको लागि साधारण खर्च हुनसक्ने सम्भावना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्झट ब्यर्होनुपर्ला । व्यापार व्यवसायमा सामान्य हानी हुन सक्छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हर कोहीको पूर्ण विश्वास नगर्नु होला, धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानी नगरेकै वेश हुनेछ । मेहेनत र परीश्रमको कदर हुनसक्ने योग रहेको छ । मित्रजनको साथ सहयोय प्राप्त हुनेछ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानी अपनाउनुहोला ।
मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउने छ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यताले सताउने छ । सभा सम्मेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नुपर्ने छ ।
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
दाजु भाइ तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेको छ । तपाईँको मेहेनतको फल अनाया सै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्झट सहनु पर्ला । लगानीका क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कुरा काट्ने व्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।
मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक अस्वस्थताका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानशीक तनाबको सामना गर्नुपर्ने छ । मान्यजनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामानको क्षति ब्यहोर्नुपर्ला, सजग रहनुहोला ।
