डा. युवराज संग्रौला ।
समग्र रुपमा देशमा अराजकताको माहौल निर्माण गरिँदैछ ।केही न्यारेटिभहरु निर्माण गरिँदैछ ।
१. ‘नेपालमा लोकतन्त्र सम्भव छैन’। यो आख्यान जताततै छ।
२. ‘यो देशमा विकास सम्भव छैन।’ यो अख्यान युवाहरूमा भरिएको छ।
३. ‘यो देशमा कानुन र न्यायको शासन सम्भव छैन।’ यो आख्यान गरीब र कामगरी खानेमा भरिँदैछ ।
४. ‘राजनीति भनेको सत्ता हो र सत्ता प्राप्ति को स्टन्ट हो।’ यो आख्यान बौद्धिकहरुमा भरिँदैछ।
५. एक जमानामा मैले भनेको थिएँ, भारतलाई नेपालको जमिन चाहिएर सिमाना मिचेको होइन। सिमाना मिच्दा मिच्दा नेपालीहरु आजित भएर सिमाना मिचिँदा बोल्न छोड्ने छ । आज त्यही भएको छ । संस्कृतिमाथिको आक्रमणलाई स्थापित गर्न काठमाडौको बैभव र संस्कृति समाप्त पारिने छ । मैले यो कुरा सर्वोच्च अदालतमा नेपाल भाषाको पक्षमा बहस गर्दा भनेको थिएँ । आज काठमाडौं कंक्रिटको जंगल बनाइयो, २५ सयवर्ष पुरानो संस्कृति समाप्त प्रायः बनाइयो । निजीकरणले हाम्रो समाज समाप्त हुन्छ भनिएको हो । आज त्यसले चिकित्सा, वकालत, पत्रकारिता, र राजनीति के बनायो हामीलाई थाहा छ । कसरी राजनीतिबाट विचार समाप्त भयो, हामीलाई थाहा छ । कसरी हाम्रो जमीन निकम्मा बनाइयो हामीलाई थाहा छ । कसरी सनातन वैदिक दर्शनलाई हिन्दू धर्म बनाइयो हामीलाई थाहा छ । कसरी हामीमा विवाद सिर्जना गरियो हमीलाई थाहा छैन । हामी भ्रमको जालोमा कसैका मतियार त बनिरहेका छैनौं । बिचार विनाको राजनीति र पानी विनाको खोलो हुँदैन ।
