काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । नेपाल क्रिकेट संघ(क्यान०ले प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
तियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो ।
नेपालले यस प्रतियोगिताका लागि समुह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन् ।
समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ ।
यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।
नेपाली टोली – रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम, कविता जोशी ।