भारत फोयिबा !

राजु महर्जन ।

पानीसँग डराउने रोगलाई हाइड्रोफोबिया भनिन्छ । भारतसँग डराउने रोगलाई भारतोफोबिया भनिन्छ ।

१. नेपालका राजाहरु आफूलाई सूर्यवंशी, चन्द्रवंशी भनेर देखाउन लालायित हुन्थे र भारतीय राजा महाराजासँग पारिवारिक सम्बन्ध गाँस्थे ।

२. पृथ्वीनारायण शाहले बनारस गएर गोत्र परिवर्तन गरेका थिए ।

३. जंगबहादुर राणाले राणा पदवी लिएर आफूलाई राजपुत खानदानको देखाएका थिए। जसको लागि लामै वंशावली लेख्न लगाएका थिए।

४. बनारस पुगेर संस्कृत पढ्नु गर्वको विषय नमान्ने को नेपाली होला ?

५. वैदिक धर्मको स्रोत खोजौं । भारतमै पाइन्छ । बौद्ध धर्मको इतिहास खोजौं। भारतमै पाइन्छ।

६. राणाहरु हटाउन भारतीय भूमि प्रयोग भयो।प्रजातन्त्र ल्याउन भारतीय भूमि प्रयोग भयो । गणतन्त्र ल्याउन पनि भारतीय भूमि प्रयोग भयो ।

७. कोभिडमा भ्याक्सिनको लागि भारतै बढी गुहारियो । नाकाबन्दी गरिदिँदा नेपालीहरु प्याकप्याक परे ।

८. पेट्रोलमा उसकै भर । मलमा उसकै भर । खाद्यान्नमा उसकै भर । औषधिमा उसकै भर । वायुसेवाको लागि उसकै भर ।

९. राष्ट्रवाद बडो घातक ‘स्लो विष’ हो । डोरबहादुर विष्टले गजबको कुरा लेखेर गएका छन् ‘हामी नेपालीलाई हरेक कुरा भारतसँग जोडिन पाउँदा दंग हुन्छन् तर भारत देश चाहिँ मन पर्दैन।’

१०. रोटी, बेटी र संस्कृतिको सम्बन्ध भएको भनेर भन्ने फेरि भारतको विरोध नगरी चित्तै नबुझ्ने। सबैभन्दा बढी जसले भारतको विरोध गर्छ, ऊ नै भारतको सबैभन्दा ठूलो भक्त हो। हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं ।

११. लिंग भैरवी स्थापना गर्न आउँदा कहिल्यै कुनै देवतै नदेखेको जस्तो गर्ने पनि हामी । वैदिक धर्मको गफ गर्दा ३३ कोटी देवतै हामीकहाँ बाहेक अन्य ठाउँमा नभएको गफ दिने पनि हामी नै।

१२.सम्झौता नगरे केही गर्न सकेन भन्ने जमात । गरेमा त्यो नगरी यो गर्नुपर्ने भन्ने जमात। यसरी गर्दा त्यसरी गर्नुपर्ने भन्ने जमात ।
ठ्याक्कै यस्तो–
श्रीमान–मलाई अण्डा खान मन थियो ।
श्रीमतीले उसिनेर ल्याइन् ।
श्रीमान–अम्लेट खान मन थियो, उसिनेर ल्यायौ !
भोलिपल्ट,
श्रीमान–मलाई अण्डा खान मन थियो।
श्रीमतीले सोचिन्, सायद आज अम्लेट बनाइदिनुपर्ला । सोही सोचेर अम्लेट लगिदिइन्।
श्रीमान–आज उसिनेको खान मन थियो ।
भोलिपल्ट,
श्रीमान–आज अण्डा खान मन थियो।
श्रीमतीले सोचिन्, आज त एउटा उसिनेर, एउटा अम्लेट वनाएर लान्छु।
श्रीमानले उसिनेको अण्डा र अम्लेट देखेपछि भने––
उसिन्नु पर्ने अण्डालाई अम्लेट बनाइछौ, अम्लेट बनाउनुपर्ने अण्डालाई उसिनेछौ।
भारतोफोबिया

महर्जनको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *