बन्द प्रशिक्षणमा खेलाडी नपठाउने क्लबको निर्णय

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकेपछि मात्र राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा खेलाडी पठाउने निर्णय गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा असार ६ गतेदेखि आयोजना हुन लागेको साफ च्याम्पियन सिप फुटबलका लागि ३० खेलाडी बन्द प्रशिणका बोलाएपछि क्लबहरुले खेलाडी तत्काल नदिने निर्णय गरेका हुन् ।

क्लबहरुले बिहीबार विज्ञप्ती निकाल्दै लिगपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीमा पठाउने उल्लेख गरेका छन् । एन्फाले साफको प्रशिक्षणका लागि बिहीबारदेखि खेलाडीलाई क्याम्पमा बोलाएको थियो ।

बैठकमा फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, खुमलटार क्लब, सातदोबाटो युवा क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज क्लब र थ्री स्टार क्लबका प्रतिनिधि उपस्थित थिए । जावलाखेल र तीन विभागीय क्लबका प्रतिनिधि भने बैठकमा उपस्थित थिएनन् ।

यस्तै क्लबहरुले एन्फाले लिगको तयारी खर्च र म्याच मनि उपलब्ध नगराएको भन्दै लिगमा खेलाडी र पदाधिकारीले कालो पट्टि बाधेर विरोध गर्ने र खेललाई भने निरन्तरता दिने उल्लेख गरेका छन् ।

लिगअघि एन्फाले क्लबहरुलाई तयारी खर्च स्वरुप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा सात लाख ५० हजार रुपियाँ दिने निर्णय गरेको थियो । एन्फाले पहिलो किस्ताको रकम भने क्लबलाई दिईसकेको छ ।

एन्फाले लिगको प्रत्येक खेल जित्ने टोलीलाई ५० हजार, खेलब राबरी भएका २५/२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो । तर लिगको २३ औं राउन्डको खेल सकिए पनि एन्फाले म्याच मनी नदिएको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *