दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् जेठ १४ गते आइतबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० जेठ १४ गते आइतबार इश्वी सन् २०२३ मे २८ तारीख जेष्ठ शुक्ल पक्ष नवमी तिथि पूर्वफाल्गुनी नक्षत्र हर्षण योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा छत्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु,अष्टमी व्रत गोरखकाली पूजा वायु अष्टमी विश्व महिला स्वास्थ्य दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशीक चिन्ता बढाउने छ । तपाईँको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन् । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । नयाँ लगानीका लागि मित्रजनहरुको साझेदारी लाभदायक रहने छ । सभासम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक झोर झमेला सताउँन सक्नेछ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्ने छ । मातृपक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताका कारण मानसम्मान प्राप्तिको योग बन्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
एक्लो निर्णयले दाजुभाइ बिच मनमुटाब रहन सक्ला । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुन सक्ला । सवारी साधनको प्रयोगमा विशेष ध्यान पुर्याउनुहोला । मानसम्मानमा आँच आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहीले सरसामान हराउन सक्ने सम्भावना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभावका कारण मान्यजनको साथ पाइने छ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । मित्रजनको साथ सहयोगले आकस्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ । परिवारका सदस्यहरुसँग सामान्य वादविवादको सामना गर्नुपर्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हराएका धनमाल प्राप्ति योग रहेको छ । बौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ । संगीततर्फ रुचि जाग्ने छ । विश्वासिला भनिएका ब्यक्तिहरुबाट धोका हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । अध्ययन अध्यापनका लागि भने समय उत्तम रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भावना रहेको छ । व्यापार व्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहने छ । भोजभतेर जस्ता कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धनमालमा सामान्य क्षति हुने योग रहेको छ, सजग रहनुहोला । शारीरिक आलस्यताले सताउँन सक्ने छ । लगानी गर्दा विशेष होस पुर्याउनुपर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्ने छ । सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । नयाँ लगानीका लागि मित्रजनहरुको साझेदारी लाभदायक रहने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आम्दानीका क्षेत्र सबल रहने छ । शुभ चिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौद्धिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेको छ । अध्ययन अध्यापनमा समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात् सभा सम्मेलनमा संलग्न भइने छ । मान्यजनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्ने छ । परिवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कार्यक्षेत्रमा विशेष सजग रहनुहोला । सामान्य अप्जसकाे सामना गर्नुपर्ने सम्भावना रहेको छ । नजिक भनिएका व्यक्तिहरूबाट धोका हुन सक्ने छ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सक्छ । दाजुभाइ बिच सामान्य मनमुटाब रहन सक्ने छ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईँको कार्य क्षेत्रको प्रभावले कार्यहरु सहजता तरिकाले सम्पादित रहने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ । खानपानमा विशेष ध्यान दिनुहोला । आँट शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ । कार्य क्षेत्रमा साझेदारी उत्तम रहने छैन । मान्यजनहरुको साथ सहयोगमा आम्दानीका स्राेतहरु सबल तुल्याउन सकिने छ । व्यापार व्यवसायमा जीवन साथीको सहयोग उत्तम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *