अंक तालिकामा उकालो लाग्दै पुलिस

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जीत निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल पुलिसले एफसी खुमलटारलाई २-० गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जीत दिलाउन भरत शाह र मुहम्मद आशिकले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा भरतले गोल पुलिसलाई शूरुवाती अग्रता दिलाएका थिए । यस्तै ८८ औं मिनेटमा मुहम्मदले गोल गर्दै पुलिसलाई २-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै पुलिस २१ खेलबाट २८ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *