आज श्री शाके १९४५ बि.स.२०८० जेठ ११ गते बिहीबार इश्वी सन् २०२३ मे २५ तारीख जेष्ठ शुक्ल पक्ष षष्ठी तिथि तिष्य नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, कुमार षष्ठी सिथिनख,भ.पू. चण्डी भगवती यात्रा (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । कार्य प्रतिको लगनशीलताको कदर हुने समय रहेको छ । भौतिक स्राेत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहने छ । प्रेम सम्बन्धमा प्रगाढता छाउने छ । मानसम्मान प्राप्तिको समेत योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहने छ । सामान्य पारिवारिक झोरझमेलाको सामना गर्नुपर्ने छ । यात्रामा पनि सावधानीपूर्वक अघि बढ्नुहोला । अध्ययन अध्यापनमा समय मध्यम रहने छ । ब्यापार ब्यवसायमा साझेदारी नगर्नु नै उत्तम रहने छ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
वाणिमा मधुरता छाउने छ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहला । स्वास्थ्यका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनमा भने समय त्यति उत्तम रहेको छैन । नयाँ लगानीमा भने सजग रहनुहोला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । मानशीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारिवारिक भेटघाटमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउने छ । आँट तथा शाहसमा कमि आउनाले कार्य सम्पादनमा समस्या आउन सक्छ ।तपाईँ द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनी होला । आक्स्मिक धन लाभको सम्भावना रहेको छ । बौद्धिक क्षेत्रका व्यक्तित्वहरूसँगकाे संगतका कारण मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउँला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थी वर्गको वाैद्धिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईष्टमित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ति अधिक श्रम गर्नुपर्ने समय रहेको छ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भावना रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानशीक चन्चलताले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ । सामान्य वादबिवादको सामना गर्नुपर्ला । मनमा उत्पन्न विभिन्न कुविचारले समस्या निम्त्याउन सक्ला, सजग रहनुपर्ने छ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साजझेदारीकाे काममा हात नहाले कै बेश रहने छ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईँको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । मनोविलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । कार्य सम्पादनप्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थ्यमा देखिएका समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नुहोला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक क्षेत्रका ब्यक्तित्वसँगको संगतका कारण मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा ब्यवधान आई पर्नेछ ।