आज श्री शाके १९४५ बि. स. २०८० जेठ ९ गते मंगलबार इश्वी सन् २०२३ मे २३ तारीख जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथि आर्द्ररा नक्षत्र शूल योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, मंगल चौथी व्रत युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ति (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारिएका व्यक्तिद्वारा सम्पादित कार्यहरु विफल हुनेछन् । कठिनाइजनक यात्राको योग रहेको छ । आँटेका कार्यमा कडा परिश्रम गर्नुपर्ने छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनुपर्ने छ । सोचेकोभन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासका कारण बन्न लागेका कार्यहरु विफल हुने छन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । अध्ययन अध्यापनका लागि समय उत्तम रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा विचार पुर्याउनु होला । प्रतिश्पर्धीहरू कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नुपर्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौद्धिकताकाे खर्च हुनेछ । वाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रसंशा गर्न थाल्ने छन् । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरू कमजोर रहने छन् । आम्दानीका क्षेत्र भने मध्यम रहने छन् । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउने छ । सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनुपर्ने छ । भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने छ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन । नयाँ कार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरिचित ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फँसीएला, सजग रहनुपर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अवसर प्राप्त हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धीहरू कमजोर रहने छन् । साझेदारी कार्यमा हात नहाले कै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आइपर्ला । तपाईँको कार्यले अन्य ब्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउँला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षति ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।