दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् जेठ २ गते मंगलबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० जेठ २ गते मंगलबार इश्वी सन् २०२३ मे १६ तारीख जेष्ठ कृष्णपक्ष द्वादशी तिथि ।उत्तरभाद्रपदा नक्षत्र प्रीति योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । दाम्पत्तीबीच सामान्य कलह हुने सम्भावना रहन सक्छ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला । आर्थिक क्षेत्र मध्यम रहने छ । यात्रा कारक समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा अपजसको सम्भावना रहने छ । पारिवारका सदस्यहरूमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनका क्षेत्र मध्यम रहने छन् । जीवन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानमा विशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहरूसँगकाे सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फसिने सम्भावना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरै कै बेश हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेको छ । दाजुभाइ तथा मित्रजनहरूसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरूको स्वास्थ्यमा खराबी आउन सक्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यको गडबडीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । प्रतिपक्षीहरू सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरूसँगको भेटघाट पश्चात् सामान्य यात्राको योग रहने छ । शत्रुहरू सबल रहनाले कुरा काट्ने ब्यक्तिहरूको संख्यामा बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक व्यक्तित्वहरूको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेको छ । नयाँ लगानीका लागि उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । यात्रा फाइदामुलक हुनसक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रू, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनका प्रयोगमा समय ब्यतित रहला । कार्य क्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा समय मध्यम रहने छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नुपर्ला । स्वास्थ्यसम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मविश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ । अरूको कार्य क्षेत्रमा भएको त्रुटिको अपजस तपाईँले खेप्नुपर्ने छ । यात्रामा सामान्य चोटपटकको सम्भावना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगोरूपमा फाईदा दिलाउने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको गडबडीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । शारीरिक आलस्यातले गर्दा गरिरहेको काममा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अपरिचित व्यक्तिहरूको विश्वासमा नपरे कै बेश रहने छ । मित्रजनहरूको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट तथा शाहसको कमीले कार्यमा ब्यबधान आउँला । प्रतिपक्षीहरू सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीक भनिएकाे व्यक्तिहरू बाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोप लाग्ने सम्भावना रहेको छ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ, विशेष ध्यान दिनुहोला । अरूको कुरामा विशेष ध्यान नदिनुहोला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भोजभतेर जस्ता कार्यक्रममा सहभागीताको योग बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईँले बढी परीश्रम गर्नुपर्ने हुन सक्छ । बौद्धिक क्षेत्रको विकाशले तपाईँको मान सम्मानमा वृद्धि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *