राजस्थानमाथि बैंगलोरको  शानदार जीत

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा राजस्थान रोयल्सलाई १ सय १२ रनले हराउँदै बैंगलोरले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको हो ।

जीतको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमै ५९ रनमा अलआउट भयो । राजस्थानको शिमारोन हेटमायर बाहेक अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् । हेटमायारले १९ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३५ रङ बनाउँदा जोए रुटले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

बैंगलोरको लागि वयान पर्नेलले ३ ओभरमा १० रन दिएर तीन विकेट लिए । यस्तै माइकल ब्रेसवेल र करण शर्माले समान दुई-दुई विकेट लिंदा मोहम्मद सिराज र ग्लेन म्याक्सवेललेपनि एक-एक विकेट लिए ।

यसअघि जइपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । बैंगलोरको लागि फाफ डुप्लेसिस र ग्लेन म्याक्सवेलले अर्धसतक बनाए । डुप्लेसिसले ४४ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५५ रन बनाउँदा म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ५४ रन बनाए । यस्तै अनुज राउतले २९ र विराट कोहलीले १८ रनको योगदान गरे ।

राजस्थानको लागि एडम जाम्पा र केएम आसिफले दुई-दुई विकेट लिंदा सन्दीप शर्माले एक विकेट लिए ।

जीतसँगै बैंगलोर १२ खेलबाट १२ अंक जोड्दै लिगको तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एक खेल बढी खेल्दै १२ अंक जोड्दै छैटौं स्थानमा झरेको छ । हारसँगै राजस्थानको प्लेअफ पुग्ने सम्भावना न्यून बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *