काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टी-२० आई सिरिज खेल्ने भएको छ । नेपाली टोलीले आगामी महिना घरेलु टोली मलेसियासँग पाँच खेलको टी-२० आई सिरिज खेल्ने भएको हो ।
सिरिज मलेसियामा मे २९ देखि ४ जुनसम्म हुनेछ । नेपालले पहिलो खेल २९ मेमा खेल्नेछ । दोस्रो खेल ३० मे र तेस्रो खेल १ जुनमा हुनेछ । यस्तै चौथो खेल ३ जुन र पाँचौ तथा अन्तिम खेल ४ जुनमा हुने तालिका रहेको छ ।
गत वर्ष नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध ५ खेलको टी–२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल ३–२ ले पराजीत भएको थियो ।