काठमाडौं । बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिएका हुन् ।