पहिलो लेगमा मिलानमाथि इन्टरको अग्रता

एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलको पहिलो लेगमा एसी मिलानलाई २-० गोलले हराउँदै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

सान सिरोमा भएको खेलमा इन्टरलाई जीत दिलाउन इडेन डिजेको र हेन्रिख मिखितारियानले समान एक-एक गोल गरे । खेलको आठौँ मिनेटमा डिजेकोले गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा डिमार्कोको पासमा मिखितारियानले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाएका हुन् ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेलमा इन्टर २-० गोलले विजयी भएको हो । अब दुई टोलीबीचको दोस्रो लेग १६ मेमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *