काठमाडौं । शेयर बजार नेप्सेमा बुधबार गिरावट आएको छ । बुधबार नेप्से दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।
बजार घटेको दिन दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज मन्दाकिनी हाइड्रो र जालपा सामुदायिक लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।