नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। खाणलाई बुधबार बिहान चाबहिलस्थित आफ्नै निवासबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर, काठमाडाैँका प्रवक्ता सीताराम रिजालले जानकारी दिएका छन् ।

प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेकाे थियाे । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाएर ठगी गरेको प्रकरणमा खाण पनि संलग्न रहेको बाहिरिएको थियो।

ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।

यो प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेकै दिनदेखि रायमाझी फरार भएका हुन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *