काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब विजयी हुँदा थ्री-स्टार क्लब बराबरीमा रोकिएको छ । मंगलबार दिउँसो भएको खेलमा संकटाले सातदोबाटो युथ क्लबलाई २-० गोलले हराएको हो ।
च्यासल स्टेडियममा भएको खेलमा संकटालाई जीत दिलाउन युसेफ एट्रिसले दुई गोल गरे । जीतसँगै संकटा १६ खेलबाट १९ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा यथावत छ ।
यस्तै आजै दशरथ रंगशालामा भएको खेलमा थ्री-स्टार क्लब र न्यु रोड टिमले गोलरहित बराबरीमा खेलेका हुन् । बराबरीसँगै थ्री-स्टार १६ खेलबाट २५ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको न्युरोड १२ औं स्थानमा रहेको छ ।