दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् बैशाख २६ गते मंगलबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० बैशाख २६ गते मंगलबार इश्वी सन् २०२३ मे ९ तारीख जेष्ठ कृष्णपक्ष चतुर्थी तिथि । मूल नक्षत्र सिद्ध योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा छत्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, मंगलचौथी व्रत कानून दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
असम्बन्धित व्यक्तिको संगतले अपजसको सामना गर्नुपर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्यक्षेत्रमा लगाइएको कर्मको प्रतिफल प्राप्तिका निम्ति सामान्य प्रतिक्षा गर्नुपर्ने छ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ईष्टमित्र बिच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजु भाइ बीचको सम्बन्धमा सुधार आउने छ । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेको छ । कार्य कुशलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
भोगविलासका क्षेत्रमा समय ब्यतित हुनेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । कार्यक्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । वाणि तथा स्वास्थ्यका क्षेत्रमा ध्यान दिएको वेश हुनेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाइको योग रहको छ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुमा पछि परिने योग रहेको छ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक कार्यमा आफु अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सही निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान्ह पश्चात् बौधिक ब्यक्तिहरुका बीचमा आफु कमजोर भएको महसुस हुनेछ । मानशिक चन्चताले विद्या असफल रहला ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्यान्ह पश्चात् आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगविलाशिताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले असफल बनाउन सक्नेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबको कारण मानसिक समस्या आइपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरुसँगकाे सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुनेछ । आम्दानीका क्षेत्र उत्तम रहने योग रहेको छ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा बृद्धि हुने योग परेको छ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगविलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिने छ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्र बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यति मन नलाग्नाने र सामान्य अप्जस आईपर्ने छ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय व्यतित रहनेछ । विद्या प्राप्तिको योग रहेको छ । सही समयमा सही निर्णय गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *