दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् बैशाख २१ गते बिहीबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० बैशाख २१ गते बिहीबार इश्वी सन् २०२३ मे ४ तारीख वैशाख शुक्लपक्ष चतुर्दशी तिथि चित्रा नक्षत्र वज्र योग वणिज करण चन्द्रमा कन्या राशिमा पश्चात तुला राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु नृसिंहजयन्ति स्याङ्जा लसर्घामा आमलदेवी पूजा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परोपकार तथा  व्यापार व्यवसायकाे क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा गरिएको लापरवाहीले सामान्य झन्झट आइपर्ला । प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगले गर्दा आम्दानीका क्षेत्रमा मार्ग दर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परोपकारको क्षेत्रमा समय ब्यतित रहने छ । कुरा काट्ने व्यक्ति संख्यामा कमि नरहला । बोल्दा सजग रहनुहोला । बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य चुनौती पश्चात् आम्दानी राम्रो रहने छ । वाैद्धिक व्यक्तित्व हरुको साथ प्राप्त हुनेछ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुनसक्छ । चाढो क्रोधको सिकार भइनेछ, सजग रहनुहोला । पारिवारिक समस्याले सताउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा समय व्यतित हुने योग रहेको छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानशीक तनावको सामना गर्नुपर्ने छ । मनमा सामान्य चिन्ताले सताउँन सक्छ । नजिकका मित्रजनहरुसँगको सम्बन्ध टाँढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगकाे सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साझेदारीकाे काममा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परोपकारका क्षेत्रमा समय ब्यतित रहने छ । शत्रु बृद्धि हुन सक्छन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भावना रहेको छ । शारीरिक आलस्यताले सताउँन सक्नेछ । मान्यजनको स्वास्थ्यमा आएको खराबीका कारण सामान्य खर्चको सम्भावना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आयमूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धामुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
साथी भाइहरुको खराब संगतका कारण सामान्य अपजस आइपर्ने छ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोट पटकको सम्भावना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्र बिच सामान्य वादबिवादको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *