आज श्री शाके १९४५ बि. स. २०८० बैशाख १४ गते बिहीबार इश्वी सन् २०२३ अप्रिल २७ तारीख वैशाख शुक्लपक्ष सप्तमी तिथि । तिषय नक्षत्र धृति योग भद्र करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु गंगा सप्तमी, गांगोत्पत्ति (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा विशेष ध्यान दिनुहोला । मध्यान्ह पश्चात् दाजुभाइ तथा ईष्टमित्र बीचको सम्बन्धमा सामान्य खराबी देखा पर्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्क यात्रा हुन सक्छ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा बृद्धि हुने योग परेको छ । दाम्पत्य सुखमा कमि आउनेछ। मान्यजनको साथ प्राप्त हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । मध्यान्ह पश्चात् कोध्रको कारण मानशीक चिन्ता रहन सक्छ । दाम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको साथ सहयोगमा गरिएका कार्यहरु प्रभावकारी रहन सक्ने छ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउने छ । असम्बन्धित व्यक्तिको संगतले अपजसको सामना गर्नुपर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहने छ ।
तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
भोग बिलासको क्षेत्रमा समय ब्यतित हुनेछ । मनोविलासिताका सामान खरिदकाे योग रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका व्यक्तिबाट धोका मिल्न सक्छ, सजग रहनुहोला । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य चुनौती पश्चात् आम्दानी राम्रो रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक झोरझमेलाले सताउने छ । सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सही निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान्ह पश्चात् वाैद्धिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।