दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् वैशाख १३ गते बुधबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० बैशाख १३ गते बुधबार । इश्वी सन् २०२३ अप्रिल २६ तारीख वैशाख शुक्लपक्ष षष्ठी तिथि । पुनर्वशु नक्षत्र सुकर्मा योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारिएका व्यक्तिद्वारा सम्पादित कार्यहरु विफल हुने छन् । कष्ठपूर्ण यात्राको योग रहेको छ । आँटेका कार्यमा कडा परिश्रम गर्नुपर्ने छ । मित्रजनसँग अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्नेछ । गरिरहेको काममा सामान्य झन्झट सहनुपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागी अनावश्यक परिश्रम खर्चिनुपर्ने छ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभब हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासका कारण बन्न लागेका कामहरु विफल हुने छन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित भेटघाटकाे अवसर जुट्ने छ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ । हतारमा गरिएको निर्णयका कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा विचार पुर्याउनु होला । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईलाई कार्यक्षेत्रमा सहज हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नुपर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुशन्धानमुलक क्षेत्रमा वाैद्धिकताकाे उपयाेग हुनेछ । वाकपटुताका कारण कुरा काट्नेहरु चुप हुनेछन् र प्रशंसा गर्न थाल्ने छन् । पठनपाठन सफल रहनाले वाैद्धिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरू कमजोर रहने छन् । आम्दानीकाे क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउने छन् । सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापूर्ण यात्राको सम्भावना रहेको छ, सजग रहनुहाेला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन । नयाँ कार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्य कुशलताले मान्यजनहरुको मन जित्न सफल रहिने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउने छ । काममा विश्लेषणको कमिले पारिवारिक सम्बन्धमा वैमनश्यता उत्पन्न हुनेछ । अपरिचित व्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फँसिएला, सजग रहनुपर्ने समय रहेको छ । भोज भतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिश्पर्धीहरू कमजोर रहने छन् । साझेदारीकाे कार्यमा हात नहाले कै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आईपर्ला । तपाईँको कार्यले अन्य व्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउँला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षति ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । सन्तान सम्बन्धि समस्याले सताउँने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापुर्ण व्यतित हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाइ हुन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *