एनआरटी विजयी, आर्मी रोकियो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम(एनआरटी) विजयी हुँदा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब बराबरीमा रोकिएको छ । शुक्रबार दिउँसो भएको खेलमा एनआरटीले एपीएफ क्लबलाई १-० गोलले हराएको हो ।

च्यासल मैदानमा भएको खेलमा एनआरटीलाई जीत दिलाउन सन्जिव विष्टले एक गोल गरे । खेलको ७९ औं मिनेटमा गौरवको पासमा सन्जिवले गरेको गोलनै एनआरटीलाई जीत दिलाउन पर्याप्त बन्यो ।

यस्तै आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै आर्मी ११ खेलबाट १६ अंकको साथ पाँचौ स्थानमा छ भने पुलिस ६ अंकको साथ पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *