एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेलेपनि समाग्रमा ४-१ गोलको जीत निकाल्दै सिटीले सेमिफाइनलमा रियल म्याड्रिडसँग भेट पक्का गरेको हो ।
एल्लिनाज एरिनामा भएको खेलमा सिटको लागि इर्लिंग ब्राउट हालान्डले एक गोल गर्दा बायर्नको लागि जोस्वा किमिचले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा केभिन डी ब्रुयनको पासमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा १-० र समाग्रमा ४-० गोलको अग्रता दिलाए । यसअघि पहिलो हाफमा हालान्ड पेनाल्टीमा चुकेका थिए ।
८३ औ मिनेटमा किमिचले पेनाल्टीमा गोल गर्दै बायर्नलाई खेलमा १-१ गोलको बराबरीमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा बायर्न समाग्रमा ४-१ गोलले पराजीत भएको हो । हारसँगै बायर्न प्रतियोगिता बाहिरिएको छ ।
अब सिटीले फाइनल प्रवेशको लागि स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्नेछ ।