नवौं चरणका खेल आजबाट, मनाङ, मछिन्द्र र आर्मी मैदान उत्रिंदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण अन्तर्गतको खेल आजबाट शूरु हुँदैछ । आज हुने खेलमा शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फूटबल क्लब र त्रिभुवन आर्मी फूटबल क्लब मैदान उत्रिंदैछन् ।

आज हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । च्यासल मैदानमा हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

सोहि समयमा साविक विजेता मछिन्द्र फूटबल क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा न्यूरोड टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै आजै हुने तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र खुमलतार युथ क्लब भिड्नेछन् । खेल दशरथ रंगशालामा बेलुकी ६ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *