अभ्यास खेलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको तयारीको रुपमा हुने अभ्यास खेलमा आज घरेलु टोली नेपाल र ओमान भिड्दैछन् । खेल बिहान ९:३० बजे शुरु हुनेछ ।

प्रिमियर कपको तयारीको रुपमा हुने अभ्यास खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगिताको राम्रो तयारी गर्न चाहन्छन् । ओमानले यसअघि बहरानसँग टियु मैदानमा अभ्यास खेल खेलेको थियो । उक्त खेलमा ओमान ५१ रनले विजयी भएको थियो । त्यसैले ओमान आजको खेलमा सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

यता नेपाल घरेलु मैदानमा पछिल्लो आठ खेलमा अपराजीत रहेको छ । नेपालले विश्वकप लिग दुईको पछिल्लो १२ खेलमा ११ खेल जितेको थियो । नेपालको घरेलु मैदानमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै प्रतियोगिताको तयारी गर्न चाहन्छ । आजको खेलले कुनै अन्तराष्ट्रिय मान्यता नपाउने भएपनि नेपाल जीतको लागि खेल्नेछ ।

नेपाल र ओमान आईसीसी विश्वकप लिग-२ मा स्कटल्याण्डसँगै शीर्ष तीनमा रहेका थिए । यस्तै प्रिमियर कपमापनि नेपाल र ओमान कतार, मलेसिया र साउदी अरेबियासँगै समूह ‘ए’मा रहेका छन् । नेपालले १८ अप्रिलमा मलेसिया र ओमानले १९ अप्रिलमा कतारसँग खेल्दै प्रिमियर कपको शुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *