दूई आत्मघाती गोल गर्दा युनाइटेड रोकियो

एजेन्सी । युईएफए युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेड स्पेनिस क्लब सेभिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको लागि मार्सल साबिट्जेरले दुई गोल गर्दा सेभिल्लाले दुवै गोल उपहार पाएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएपनि दोस्रो हाफको अन्त्यमा दुई आत्मघाती गोल गर्दा युनाइटेड बराबरीमा रोकिन बाध्य बनेको हो ।

खेलको १४ औं मिनेटमा ब्रुनोको पासमा साबिट्जेरले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा मार्सियलको पासमा साबिट्जेरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ८४ औं मिनेटमा मालासियाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि सेभिल्ला खेलमा फर्किएको थियो ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा ह्यारी मगायरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि सेभिल्लाले २-२ गोलको बराबरी गर्दै युनाइटेडलाई रोकेको हो । अब दुई टोलीबीचको दोस्रो लेग २२ अप्रिलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *