टेक्सासको गाई फर्ममा विष्फोट हुँदा १८ हजार वटा गाईको मृत्यु

एजेन्सी। अमेरिकाको टेक्सासको एक डेरी फार्ममा भएको विस्फोटमा करिब १८ हजार वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा १८ हजार गाई मरेका एक जना मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । अधिकारीहरूले फर्ममा रहेको भ्याकुम मेसिनमा आगलागि भएको र मिथेन ग्यास स्टोर जलेको हुनसक्ने अनुमान गरेका छन् ।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले पोस्ट गरेका तस्बिरहरूले जमिनबाट कालो धुवाँको ठुलो मुस्लो निस्किरहेको देखिएको छ ।  प्रहरी र आकस्मिक कर्मचारीहरू घटनास्थलमा पुगेपछि एक जनालाई फसेको फेला पारेर उद्धार गरी गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

आगलागी र धुवाँबाट मरेका गाईहरूको यकिन तथ्याङ्क भने थाहा हुन सकेको छैन, तर शेरिफको कार्यालयले अनुमानित १८ हजार गाईवस्तु जलेको जानकारी दिएको छ।

विष्फोटमा परेर अझै कयौँ गाई गम्भीर घाइते भएका र ती गाईलाई मार्नुको विकल्प नभएको पनि समाचारमा उल्लेख छ । अमेरिकामा सन् २०१८ देखि २०२२ को बीचमा ४० लाख भन्दा धेरै जनावर आगलागीमा परेर मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *