चेल्सीमाथि म्याड्रिडको जीत

एजेन्सी । सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा  जीत निकालेको छ । बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीलाई २-० गोलले हराउँदै म्याड्रिडले सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको हो ।

घरेलु मैदान इस्टाडियो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । २१ औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा बेन चिलवेल सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।

७४ औं मिनेटमा भिनिसियसको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जीत दिलाएका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग २० अप्रिलमा चेल्सीको घरेलु मैदान स्ट्रामफोर्ड ब्रिजमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *