काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ४३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी अजयराज सुमार्गीले ३७ मत पाएका छन् ।
सुमार्गी अन्जन श्रेष्ठको समूहबाट चुनाव लडेका थिए। उमेशलाल समूहबाट उपाध्यक्ष उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट उपाध्यक्षमा लडेका थिए । दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । दिनेश यसअघि पनि जिल्लानगर उपाध्यक्ष हुन् । उनले वरिष्ठ उपाध्यक्ष त्याग्दै उमेशलाललाई समर्थन गरेका थिए। सुरकृष्ण नेपाली कांग्रेस निकट हुन्।