एजेन्सी । सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबको अपराजीत यात्रामा पूर्णविराम लागेको छ । बुधबार बेलुकी भएको खेलमा मनाङलाई १-० गोलले हराउँदै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई जीत दिलाउन दीपक सिंह ठकुरीले निर्णायक गोल गरे । पहिलो हाफको ४० औं मिनेटमा निरज चौधरीको पासमा दीपकले गोल गर्दै सातदोबाटोलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सातदोबाटो १-० गोलले विजयी भएको हो ।
जीतसँगै सातदोबाटो ८ खेलबाट १६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिदा समान खेबाट १४ अंक जोडेको मनाङ दोस्रो स्थानमा झरेको छ ।