संकटासँग एनआरटी पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो । यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *