बालेन जस्तै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैनः सांसद पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद पाण्डेले काठमाडौंका मेयर बालेन साहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए ।

सांसद पाण्डेले मेयर साहले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिएपनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताए । काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *