आईपीएलमा मुम्बईको पहिलो जीत

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै मुम्बईले पहिलो जीत निकालेको हो ।

जीतको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । मुम्बईलाई जीत दिलाउन कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्का को मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै तिलक बर्माले ४१, इशान किशानले ३१, क्यामेरोन ग्रिनले १७ र टिम डेभिडले १३ रन बनाए ।

दिल्लीको लागि मुकेश कुमारले दुई र मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले १९.४ ओभरमा अलआउट हुँदै १ सय ७२ रन जोडेको थियो । दिल्लीको लागि डेभिड वार्नर र अक्सर पटेलले अर्धसतक बनाए । अक्सरले २५ बलमा पाँच छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाउंदा वार्नरले ४७ बलमा ६ चौकाको सहयोगमा ५१ रन बनाए । दिल्लीको लागि मनिष पाण्डेले २६ र पृथ्वी शाहले १५ रन बनाए ।

मुम्बईको लागि जेसन बेह्रेनडर्फ र पियुष चावलाले तीन-तीन विकेट लिँदा रिले मेरेदिथले दुई र हृथिक शोकेनले एक विकेट लिए ।

जीतसँगै मुम्बई तीन खेलबाट दुई अंक जोड्दै लिगको आठौँ स्थानमा उक्लिएको छ । चारवटै खेलमा पराजीत दिल्ली तालिकाको पुछारमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *