आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र २९ गते बुधबार इश्वी सन् २०२३ अप्रिल १२ तारीख वैशाख कृष्णपक्ष सप्तमी तिथि । मुल नक्षत्र परीघ योग भदा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा ध्वज याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु विश्व ज्योतिष महासंघ स्थापना दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । भोग बिलासमा समय ब्यतित हुनेछ । बोलीमा मधुरता छाउने छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्ने योग रहेको छ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दम्पतिबिच सामान्य मनमुटाब रहला । वाणि तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजु भाइ तथा इष्टमित्रसँगकाे सम्बन्धमा सुधार रहने छ । गरिरहेको कार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउँने छ । समय त्यति राम्रो रहेको छैन ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीकाे सहयोगमा व्यापार व्यबसायमा राम्रै समय रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहने छ । पारिवारिक समस्याले भने सताउँन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च नियन्त्रण गर्न गाह्राे पर्न सक्ला । आफन्तजनहरु टाँढिन सक्छन् । बिग्रन लागेको काम मान्यजनको साथ सहयोगबाट बन्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्दीहरुका कारण गरिरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।