फिनल्यान्ड बन्यो नेटोको सदस्य, पुटिनका लागि धक्का

फिनल्यान्ड नेटो सैन्य गठबन्धनको ३१औँ सदस्य भएसँगै नेटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोबर भएको छ । मङ्गलबार फिनल्यान्डका विदेशमन्त्रीले सदस्यताका लागि आवश्यक दस्तावेज अमेरिकी विदेशमन्त्रीलाई हस्तान्तरण गरे जसले फिनल्यान्डलाई नेटो सदस्य घोषणा गरेका थिए । नेटो सदस्य राष्ट्र थपिएको यो घटना रुसी राष्ट्रपति पुटिनका लागि एउटा धक्का हो ।

उनले युक्रेनमा पूर्ण रूपको अतिक्रमण सुरु गर्नुअघि बारम्बार नेटो विस्तारको आलोचना गरेका थिए । रुससँगको पूर्वी मोर्चामा १,३४० किलोमिटर लामो सीमा रहेको फिनल्यान्डले गत मे महिनामा रुसको युद्धलाई कारण बताउँदै स्विडनसँगै सदस्यताका लागि औपचारिक आवेदन दिएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले फिनल्यान्डमा विकसित घटनाक्रमलाई रुसले नजिकबाट हेर्ने जनाएका छन् । उनले नेटोको फैलावटलाई आफ्नो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको उल्लङ्घन बताए । फिनल्यान्ड र स्विडन दुवैले यसअघि असंलग्नताको नीति लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *