फिनल्याण्ड नेटोको सदस्य बन्दै

फिनल्याण्ड आजदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यो निर्णयबारे जानकारी गराएको हो ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । फिनल्याण्डको तर्फबाट हाभिस्टोले मङ्गलबार ब्रसेल्समा अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन् ।

यस अवसरमा नेटोको मुख्यालय बाहिर देशको झण्डा फहराइनेछ । ब्रसेल्समा नेटो सदस्य राष्ट्रहरूका विदेश मामिला मन्त्रीहरूको अप्रिल ४ देखि ५ तारिखसम्मको बैठक अघि बोल्दै गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले नेटोको आधुनिक इतिहासमा सबैभन्दा छिटो अनुमोदन प्रक्रिया रहेको बताए। स्वीडेनसँगै, फिनल्याण्डले सन् २०२२ मे १८ तारिखमा आफ्नो आधिकारिक आवेदनपत्र बुझाएको थियो । यद्यपि स्वीडेनको आवेदनलाई टर्की र हङ्गेरीले अनुमोदन गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *