आईपीएलमा चेन्नई विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा लखनउ सुपर जायान्ट्सलाई १२ रनले हराउँदै चेन्नईले प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

जीतको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५ रनमात्र बनाउन सक्यो । लखनउको लागि कायल मायार्सले सर्वाधिक ५३ रन बनाए । उनले २२ बलमा ८ चौका र दुई छक्का प्रहार गरे । यस्तै निकलोस पोरानले ३२, आयुष बाडोनीले २३, मार्कुस स्टोइनिसले २१, केएल राहुलले २०, क्रिश्नाप्पा गोव्थमले १७ र मार्क वुडले १० रन बनाएपनि जीतको लागि पर्याप्त बनेन ।

चेन्नईको लागि मोइन अलिले शानदार बलिंग गर्दै ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । यस्तै तुषार देश्पान्डेले दुई र मोट्चेल सान्टनेरले एक विकेट लिए ।

यसअघि चिदाम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । चेन्नईको लागि रुतराज गैकवाडले अर्धसतक बनाए । उनले ३१ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५७ रन बनाए । यस्तै डेभोन कन्वेले ४७, शिभम डुबे र अम्बती रायडूले समान २७-२७ र बनाउँदा मोइन अलीले १९ र महेन्द्र सिंह धोनीले १२ राको योगदान गरे ।

लखनउको लागि मार्क वुड र रवी बिश्नोईले समान तीन-तीन विकेट लिँदा आवेश खानले एक विकेट लिए ।  जीतसँगै चेन्नईले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *