दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र २१ गते मंगलबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र २१ गते तद्अनुसार इश्वी सन् २०२३ अप्रिल ४ तारीख मंगलबार । चैत्र शुक्ल पक्ष चतुर्दशी तिथि पूर्वफाल्गुनी नक्षत्र पश्चात उत्तरफाल्गुनी नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु महावीर जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापूर्ण ब्यतित रहने छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने छन् । हरकोहीको विश्वासमा नपर्नु उत्तम रहने छ । कुरा काट्ने व्यक्तिको संख्यामा वृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफूभन्दा सानाको साथ सहयोगमा गरिएका कार्य सहज तरिकाले सम्पादन हुने छन् । अध्ययनअध्यापनकाे लागि समय उत्तम रहने छ । नयाँ कार्य थालनीको अवसरसमेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहने छ । वाैद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यलताले सताउन सक्छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ सहयोगमा वृद्धि हुनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्ने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउँन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बल तथा पराक्रमका वृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरूले प्राप्त गर्ने छन् । दाजुभाइ तथा इष्टमित्रसँगकाे सम्बन्धमा सुधार रहने छ । शारीरिक आलस्यताले सताउँन सक्ने छ, लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । विश्वासिला ब्यतिहरूबाट सामान्य धोका हुन सक्ने छ । वाणिमा मधुरता छाउनाले प्रतिस्पर्धीहरू शुभ चिन्तक बन्ने छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरिरहेकाे काममा सामान्य ढिलाइ रहेता पनि कार्य सम्पादित भने हुने नै छ । व्यापार व्यवसायका लागि समय उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । मनको चन्चलताले कार्य क्षेत्रमा व्यबधान प्राप्त हुने छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरूको साथ सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुने छ । सामान्य चोट पटक सहनुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । वाैद्धिक क्षमतामा वृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मान सम्मानको प्राप्ति हुनेछ । मान्यजनहरूको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा साबधानी अपनाउनुहोला । कार्य क्षेत्रमा सामान्य ढिलाइकाे समस्या रहन सक्छ । खानपानमा विशेष सजग रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेको छ । मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अरुद्वारा गरिएका कार्यमा त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आइपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरूले उठाउन सक्ने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । वाणिका कारण आफन्त जनहरूसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्ने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाैद्धिक व्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानीका विभिन्न स्रातहरु फेला पर्ने छन् । पारिवरिक सुख प्राप्त हुने छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *