काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पाचौं हार बेहोरेको छ । सोमबार दिउँसो भएको खेलमा पुलिस नेपाल एपीएफ क्लबसँग २-० गोलले पराजीत भएको हो ।
च्यासल स्टेडियममा भएको खेलमा एपीएफलाई जीत दिलाउन हरी कार्की र सविन गुरुङले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा सविनले गोल गर्दै एपीएफलाई २-० गोलको जीत दिलाएका हुन् ।
जीतसँगै एपीएफ ६ खेलबाट १० अंक जोड्दै शीर्ष पाँचमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको पुलिस लिगको पुछारमा छ ।