सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा भएको विस्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु भएको छ। रुसको आन्तरिक मन्त्रालयले ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार स्ट्रिट बार क्याफेमा भएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । भ्लादलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो।
उनले युक्रेनमा रुसको आक्रमणलाई कडा समर्थन गरिरहेका थिए । रुसको समाचार एजेन्सी आरआईएले मन्त्रालय स्रोतलाई उदृत गर्दै भ्लादलेनलाई बम लुकाइएको एउटा बक्स उपहारस्वरूप दिइएको र त्यो विस्फोट हुँदा उनको मृत्यु भएको उल्लेख गरेको छ।