मुम्बईमाथि बैंगलोरको जीत

एजेन्सी । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी शुरुवात गरेको छ । आइतबार राति भएको खेलमा सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै बैंगलोरले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

जीतको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १६.२ ओभरमा दुई विकेटको क्षतिमा १ सय ७२ रन बनाउँदै लक्ष्य भेट्टायो । बैंगलोरको लागि विराट कोहली र कप्तान फाफ डुप्लेसीले पहिलो विकेटको लागि १ सय ४८ रनको साझेदारी गरेका थिए । विराट ४९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८२ रनमा अवजित रहँदा डुप्लेसीले ४३ अबकमा ७३ रन बनाए । उनले ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले ३ बलमा २ छक्का हिर्काउँदै १२ रन जोडे ।

मुम्बईको लागि अर्साद खान र क्यामेरोन ग्रिनले एक-एक विकेट लिए ।

यसअघि चिन्नाश्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । मुम्बईको लागे तिलक बर्माले शानदार अर्धसताकीय पारि खेल्दै मुम्बईलाई सम्मानजनक योगफलमा पुर्याएका थिए । बर्माले ४६ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८४ रन बनाए । यस्तै नेहाल वाधेराले २१ र बनाउँदा सुर्यकुमार यादव र अर्सांद खानले सामन १५-१५ र इशान किशानले १० रनको योगदान गरे ।

बैंगलोरको लागि करण शर्माले दुई विकेट लिँदा माइकल ब्रासवेल, मोहम्मद सिराज, रिक टोपले, आकाश दीप र हर्सल पटेलले समान एक-एक विकेट लिए । जीतसंग बैंगलोरले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *