पीएसजीको लगातार दोस्रो हार

एजेन्सी । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन(पीएसजी) पराजीत भएको छ । आइतबार राति भएको खेलमा लियोनसँग १-० गोलले पराजीत भएसँगै पीएसजीले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको हो ।

पार्क डेस प्रिन्सेन्समा भएको खेलमा लियोनलाई जीत दिलाउन बार्डली बार्कोलाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा कुम्बेडीको पासमा बार्कोलाले गोल गर्दै लियोनलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लियोन १-० गोलले विजयी भएको हो ।

हारका बाबजुत पीएसजी २९ खेलबाट ६६ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । समान खेलबाट ४४ अंक जोडेको लियोन नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *