दिल्लीमाथि लखनउको जीत

एजेन्सी । इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायान्ट्सले जीत निकालको छ । शनिबार बेलुकी भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै लखनउले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

जीतको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४३ रनमात्र बनाउन सक्यो । दिल्लीको लागि कप्तान डेभिड वार्नरले ४० बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए । यस्तै रिले रोस्सोले ३०, अक्सर पटेलले १६ र पृथ्वी शाहले १२ रन बनाए ।

लखनउको लागि मार्क वुडले ४ ओभरमा १४ रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यस्तै आवाश खान र रवि विश्नोईले दुई-दुई विकेट लिए ।

यसअघि घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । लखनउको लागि क्याल मायार्सले ३८ बलमा ७ छक्का र दुई चौकाको मद्दतमा ७३ रन बनाए । यस्तै निकलोस पोरानले ३६, आयुष बाडोनीले १८, दीपक होडाले १७, कुर्नाल पान्ड्यले १५ र मार्कुस स्टोइनिससले १२ रनको योगदान गरे ।

दिल्लीको लागि खलिल अहमेद, चेतन साकरियाले दुई-दुई विकेट लिँदा अक्सर पटेल र कुलदीप यादवले एक-एक विकेट लिए । जीतसँगै लखनउले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *