दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १९ गते आइतबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र १९ गते तद्अनुसार इश्वी सन् २०२३ अप्रिल २ तारीख चैत्र शुक्ल पक्ष द्वादशी तिथि मघा नक्षत्र शूल योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु वैष्णवहरुको कामदा एकादशी व्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिश्पर्धीहरू सवल रहनाले कार्य सम्पादनमा विशेष साबधान रहनुपर्ने समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुनसक्ने सम्भावना रहेको छ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानका क्षेत्रमा सजग रहनुहोला । प्रेम सम्बन्धमा सुधार आउने छ । पारिवारिक झोर झमेलाले सताउन सक्नेछ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा मद्दत पुग्नेछ । मातृपक्षको सहयोगले वाैद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइसँग मनमुटाब रहन सक्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कुरा काट्ने व्यक्तिबाट टाढै रहनुहोला । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुनसक्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्नेछ । बोलिको प्रभावको कारण मान्यजनको साथ पाईने छ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । मित्रजनको साथ र सहयोले आकस्मिक धन लाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र मा सामान्य खर्च बढ्न सक्ने छ । हराएका धनमाल प्राप्ति योग रहेको छ । वाैद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ । संगित तर्फ रुचि जाग्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमीप्रेमीका बिच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । सामान्य क्षति ब्यर्होनुपर्ला । कुरा काट्नेहरुको वृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ र सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको सहयोग प्राप्त हुनेछ । विद्या तथा व्यापारको राम्रो योग रहेको छ । बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ, सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनुपर्ने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवार तथा ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । सन्तान सम्बन्धि समस्याले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आम्दानीका क्षेत्र सबल रहेका छ । शुभ चिन्तकहरुको सङ्ख्यामा वृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । दाजुभाइ तथा इष्ट मित्रसँगकाे सम्बन्धमा सुधार रहने छ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात् सभा सम्मेलनमा संलग्न भईनेछ । परिवारजनहरुसँगकाे सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीका कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँला । स्तान्तरणको योग रहको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनुहोला, सामान्य अपजस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मित्रजनहरुसँगकाे भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *